उखु किसान वार्तामा बस्न तयार

लोकपाटी न्यूज

काठमाडौं, ५ पुष। आठ दिनदेखि माइतीघरमा आन्दोलनरत उखु किसान सरकारसँग वार्तामा बस्न तयार भएका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको माइतीघरमा बसेको आकस्मिक बैठकले सरकारसँग वार्तामा बस्ने निर्णय गरेको समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

‘भर्खरै बैठक सकियो, बार्तामा बस्ने निर्णय गरेका छौं, अब हामी मन्त्रालय जाँदैछौं,’ मिश्रले भने । वार्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुनेछ ।

उखु मिलबाट करोडौं रुपैयाँ भुक्तानी नपाएको भन्दै मंसिर २८ गतेदेखि सर्लाहीसहितका ६ जिल्लाका उखु किसान काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्