प्रधानमन्त्री र राष्ट्रपतिले लोकतन्त्र डुबाए : डा. बाबुराम भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं, ५ पुष। पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति र प्रधानमन्त्री रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने टिप्पणी गरेका छन् । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन घोषणा गरेसँगै डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन।

उनले भनेका छन्, पहिल्यै साख गुमाइसकेको राष्ट्रपति संस्थाले यस्तै’जो रक्षक उही भक्षक’को भूमिका निर्वाह गर्नु के आश्चर्य भयो र? वर्तमान राप र प्रमको टिम रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहनेछ भनेर हामीले भन्दै आएको कुरा पुनःपुष्टि भएको छ! प्रतिगमनका अरू शृंखला क्रमश उद्घाटित हुनसक्छन् । प्रतिरोध गरौं!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्