शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन्। संसद विघटनको सिफारिस बुझाएर प्रधानमन्त्री ओली बालुवाटार बालुवाटार फर्किएका हुन।

उनले राष्ट्रपतिसँग करिब एक घण्टा छलफल गरेका थिए। ओलीले राष्ट्रपतिलाई संसद विघटनको सिफारिस बुझाएको र आगामी चुनावको सम्भावित मितिबारे पनि कुरा गरेका थिए। ओलीले संसद बिघटन गरेलगत्तै २०७८ वैशाख २३ वा वैशाखभित्रै आम चुनाव गर्ने प्रस्ताव राष्ट्रपति समक्ष राखेका छन्।

बहुमतप्राप्त प्रधानमन्त्रीले पार्टीभित्रैका नेताहरुको चुपेवामा परेपछि यस्तो कदम चालेको बताइन्छ। मंसिर ३० मा मात्र प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए। उक्त अध्यादेश फिर्ता गर्ने निर्णय भए पनि फिर्ता भने भइसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्