रमेश भुसाल/ पश्चिम नवलपरासी, ५ पुस। पश्चिम नवलपरासी सुनवल ६ मा रहेको जनकल्याण वहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ। सहकारी विभागले जारी गरेको निर्देशिका वमोजिम सधारण सभा सम्पन्न गरिएका्े सहकारी संस्थाले जनाएको छ।
जनकल्याण वहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षता तथा सुनवल नगरपालिकाको नगरप्रमुख भिम बहादूर थापा क्षेत्रीको प्रमुख आतिथ्यता भएको कार्यक्रम सो अवसरमा बोल्दै नगरप्रमुख थापा क्षेत्रीले सहकारीहरुले अब नयाँ तरिकबाट सहकारीहरुलाई अगाडी बढाउनुपर्ने जोड दिएका छन्।
उनले सहकारीका सदस्यहरुलाई उत्पादनमूलक र उद्यामशील बनाउनु सकेमात्र सहकारीका सदस्यहरु जीवनयापनमा सहज पुग्ने बताए। सहकारीले सहकारीको सदस्यहरुलाई कृषि पशुपालन उत्पादन रि उद्यामशील बनाउनु जरुरी रहेको भन्दै कोसेली घर र सहकारी पसल खोल्नको निम्ती सुनवल नगरपालिकाकाले बजेट बिनियोजन गरेको क्षेत्रीले बताए।
साधारण सभामा कोषाध्यक्ष रामेश भुसाल आर्थिक प्रतिबेदान र लेखा समितीका संयोजक दयाराम भण्डारीले लेखा समीतीका प्रतिबेदन पेश गरेका थिए। २०५७ साल स्थानपना भएको उक्त सहकारी शेयर चुक्त पुँजी १ करोड ७८ लाख ८० हजार ८ सय रहेकको कोषध्यक्ष रमेश भुसाले जानकारी दिए।
सहकारीले २० लाख ९७ हजार रुपैया शुद्ध नाफा गरेको भुसालले जानकारी दिए। सहकारीले १० करोड ७७ लाख ऋण लगानी गरेको संस्थाका उमाकान्त तिमिल्सीनाले बताए। महिला १२ सय ६१ र पुरुष ५ सय २४ जना गरी कुल १७ सय ८५ जना शेयर सदस्य रहेको संस्थाका उपाध्उक्ष पदम प्रसाद काफले जानकारी दिए।
साधारण सभामा संस्थाका पूर्व अध्यक्ष एवम सल्लहकार रुकमग बस्याल, जिल्ला बचत तथा ऋण सहकारी संसथका अध्यक्ष राजन आर्चय,रेडियो परासीका प्रबन्धक निदेशक मेघराज गौतम लगायतले सहकारीका सदस्यहरु उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिएका थिए।



लोकपाटी न्यूज
