काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन्।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले वैशाख २३ मा चुनाव प्रस्ताव राखेका छन्। वैशाख २९ को विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद बिघटनको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकबाट सिफारिस गरेका छन्। बैठकमा प्रधानमन्त्री ओलीले कसैको कुरा सुनेनन्। उनले औपचारिकताका लागि मात्र मन्त्रिपरिषदको बैठक बोलाएका थिए। अधिकांश मन्त्रीहरु नपुग्दै उनले संसद बिघटनको प्रस्ताव गरिसकेका थिए।
मन्त्रिपरिषदले स्रसद बिघटनको सिफारिस गरेपछि राष्ट्रिय राजनीति पेचिलो बनेको छ। आफ्नै पार्टीको एकल बहुमतको सदुपयोग गर्न नसक्दा ओली स्रसद बिघटनको आत्मघाती कदममा पुगेका छन्। मन्त्रिपरिषदको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी स्वीकृत गरेमा नेपालको संसद बिघटन हुनेछ।
नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक भूमिका मात्र दिएका कारण मन्त्रिपरिषदको सिफारिस उनले अनुमोदन गर्ने सम्भावना छ। यसले नेपालको राजनीति फेरि भीडन्ततिर गएको छ।



लोकपाटी न्यूज

