काठमाडौं, ५ पौष, संसद् विघटन गर्न मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेपछि देशमा हुने सुरक्षालाई मध्यनजर गरेर आवश्यक सुरक्षा सतर्कता अपनाएको प्रहरीले बताएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेशका लागि भन्दै संसद् विघटनको लागि राष्ट्रपति समक्ष सिफारिश गरेसँगै सुरक्षा सतर्कता अपनाएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए ।
‘ठूला राजनीतिक घटना हुँदा स्वभाविक रूपमै सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको हुन्छ, यस्तै निर्देशन गएको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले लोकपाटीसंग भने।
मुख्यालयले यस्तो बेला सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न निर्देशन दिएको बताइएको छ।



लोकपाटी न्यूज

