एजेन्सी। फेसबुक एउटा यस्तो प्रविधिको विकासमा जुटेको छ, जसमार्फत् मानिसको मस्तिष्क पढ्न सकिने दाबी गरिएको छ। वास्तवमा फेसबुकले एउटा नयाँ न्युरल सेन्सर बनाउने योजनामा काम गरिरहेको छ। जसले मानिसको दिमागलाई पढ्न सक्नेछ। यो नयाँ परियोजना कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स डोमेनको रुपमा अगाडि आउनेछ।
यसैगरी फेसबुकले अर्को एक नयाँ टुल समेत घोषणा गरेको छ, जसले समाचारलाई बुँदागत रुपमा सारांशको रुपमा तयार पार्नेछ। जसबाट पाठकलाई अधिक समय खर्च गर्नुपर्ने छैन। फेसबुकको यो कदमले प्रकाशकहरुलाई सामाजिक सञ्जाल प्लेटफर्ममा भने प्रभावित पार्न सक्नेछ। यो घोषणा फेसबुकको वार्षिक बैठकका दौरान गरिएको हो।
कम्पनीमा काम गर्ने सबैको सहभागिता रहेको यो बैठकको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। तर बजफिड न्यूजले अडियो रेकर्डिङ हात पारेको छ, जुन सबै कर्मचारिका लागि प्रसारण गरिएको थियो। जसमा फेसबुकले केही गम्भीर योजनाको खुलासा गरेको छ, जुन एआई क्याटेगरीमा अपग्रेडेसनसँग सम्बन्धित छन्।
सीटीआरएल ल्याबको माध्यमबाट हुनेछ न्युरल सेन्सरको विकास सीटीआरएल ल्याबले कम्पनीका संसाधन उपयोग गरेर न्युरल सेन्सरको विकास गर्नेछ। यो कम्पनीलाई फेसबुकले सन् २०१९ मा अधिग्रहण गरेको थियो। रिपोर्ट अनुसार सेन्सरले मस्तिष्कबाट न्युरल सिग्नललाई मेरुदण्डको हड्डी तथा अंगमार्फत जोर्नीसम्म र्पुयाउनेछ। यसले प्रयोगकर्तालाई आफ्नो विचारको आधारमा शारीरिक प्रतिक्रियाका लागि अनुमति दिनेछ।
फेसबुकका अनुसार यसले प्रयोगकर्तालाई एउटा भर्चुअल वस्तु राख्न, टाइप गर्न र भिडियो गेममा एउटा क्यारेक्टर कन्ट्रोल गर्नका लागि सहयोग गर्नेछ। एकप्रकारले यो नवजात मस्तिष्क पढ्ने प्रविधि जस्तै हो। जसमा एलन मस्कको न्युरल कम्पनीले काम गरिरहेको छ। फेसबुक यस किसिमको प्रविधि विकसित गर्न सक्छ वा सक्दैन भन्ने कुरा चाहिँ हेर्न बाँकी छ। टेकपानाबाट



लोकपाटी न्यूज

