बुन्डेस लिगा : १६ वर्षीय युसुफोले राखे कीर्तिमान

EpjD_lBW8AAvDwG
लोकपाटी न्यूज

एजेन्सी। शुक्रबार राति भएको बुन्डेस लिगामा बोरुसिया डर्टमण्ड युनियन वर्लिनसंग २–१ गोलले पराजित भएको छ।
युनियनका खेलाडी युसुफो मौकोकालले कीर्तिमानी गोल गरेको प्रतियोगितामा बोरुसिया डर्टमण्ड भने पराजित भएको छ ।

युसुफोले बुन्डेस लिगामा १६ वर्ष २८ दिनमा गोल गर्दै कम उमेरकोे गोलको कीर्तिमान कायम गरेका छन्। उनले फ्लोरियन वत्र्जको कीर्तिमान एक वर्ष र ६ दिनले तोडेका हुन्। खेलको ६० औं मिनेटमा युसुफोले गरेको गोलले डर्टमण्डलाई जोगाउन भने सकेन। डर्टमण्डले यस सिजन ५ खेलमा हार ब्यहोरेको छ।

डर्टमण्डले शीर्ष स्थानको बायर लिभरकुसनसंग अंक दूरी घटाउने मौका गुमाएको छ। डर्टमण्ड २२ अंक सहित तालिकाको चौथो स्थानमा छ। वर्लिन २१ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।