काठमाडौं। काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ। बिहान पौने ७ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो।
यो यस वर्षकै न्यून तापक्रम मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ।
पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरुमा शुक्रबार बिहानीपख बाक्लो हुस्सु कुहिरो लागेको छ। बाँकी तराई भू-भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु–कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



लोकपाटी न्यूज
