आजदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

ktm
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकामा गाडीमा लागू गरिएको जोर बिजोर प्रणाली हटेको छ। यातायात व्यवसायीले जोरबिजोर प्रणाली नमान्ने बताएपछि आजदेखि यो प्रणाली हटाइएको हो।

व्यवसायीको चौतर्फी दबाबपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो।

जोर बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणको जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ।

गाडी सञ्चालकहरुले सङ्क्रमणको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को पूर्ण पालना भए/नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्ने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्