आज र भोलि काठमाडौंका यी स्थानमा बिजुली नआउने

Electricity-authority-nepal
लोकपाटी न्यूज

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज शुक्रबार र भोलि शनिबार बिजुली काटिने भएको छ। बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट बिजुली वितरित क्षेत्रमा बत्ति काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

आज शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार र धर्मस्थली फिडर सटडाउन हुनेछ।

बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ। निर्धारित कार्य समयअगावै सम्पन्न भएमा भने तोकिएको समय अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्