राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

_Whatmore
लोकपाटी न्यूज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यानले) राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

ह्वाटमोरको सम्झौता पहिलो चरणमा एक वर्षको हुने बुझिएको छ । उनको मासिक तलब खुलाउन नमिल्ने बताइएको छ । उनको सबै खर्च हेर्दा १० हजार भन्दा बढी अमेरिकी डलर पारिश्रमिक पाउने छन्।

ह्वाटमोरको उमेर ६६ वर्ष भएपनि आइसीसीलाई कुनै आपत्ति नरहेको बुझिएको छ। सम्झौता अवधिमा पनि आइसीसीले कुनै चासो राखेको छैन। नेपाली क्रिकेट टोलीको पछिल्लो समयको स्तर खस्किदै गएको छ।

 

 

ye