एक साताभित्र उखु किसानको भुक्तानी दिलाउन संसदीय समितिको निर्देशन

Ukhu-kisan
लोकपाटी न्यूज

काठमाडौं। सात दिनभित्र उखु किसानको भुक्तानी दिलाउन संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ।

बिहीबार बसेको समिति बैठकले चिनी उद्योगबाट उखु किसानले पाउन बाँकी रकम एक हप्ताभित्र दिलाउन सरकारलाई निर्देशन दिएको हो।

समिति सभापति विमलप्रसाद श्रीवास्तवलेसातदिन भित्र उखु किसानलाई भुक्तानीको व्यवस्था मिलाई समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन्।

यसैगरी, समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई देशभरका श्रमिकले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिनभित्र समितिमा प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ।

बैठकमा सांसदहरुले किसानको उखुको मूल्य भुक्तानी नदिने चिनी उद्योगीलाई तत्काल पक्रेर कावाृही गर्न माग गरेका थिए। उद्योगीबाट किसानको रकमको साँवा ब्याज असुल्न उनीहरुले सरकारलाई भनेका हुन्।

सांसद प्रकाश रसाइलीले उद्योगीले चिनी बिक्री गरेर बैंकमा पैसा थुपार्ने र अन्यत्रै लगानी गर्ने उद्योगीसँग ब्याज पनि असुल्नु पर्ने बताए।

उद्योगीको जाय जेथा राज्यले लिएर किसानलाई बाँड्नुपर्ने सांसद भीमसेनदास प्रधानको भनाइ थियो। एक हप्ताभित्रै किसानको समस्या समाधान गर्न सांसद अमृता अग्रहरीको आग्रह थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्