अबदेखि जुम एपमा घण्टौं कुराकानी गर्न सकिने

zoom
लोकपाटी न्यूज

एजेन्सी। भिडियो कुराकानी तथा बैठकका लागि चर्चित जुप एपले आफ्ना प्रयोगकर्ताको लागि नयाँ सेवा थपेको छ।
टेक हिन्दुस्तानका अनुसार जुम एपले ४० मिनेटको समय सीमा हटाएको छ। कम्पनीले यो सेवा चाडपर्वको अवसरमा जुम प्रयोगकर्तालाई दिएको हो।

आधिकारिक ब्लग पोष्टबाट एपले ४० मिनेटको समय सीमा हनुक्काह, क्रिसमस इभ, क्रिसमस, नयाँ वर्ष र क्वान्जाको दिन पारेर हटाउने घोषणा गरेको हो।

जुमले यी दिन र समयमा ४० मिनेट कुराकानी सीमा हटाएको छः

१. हनुक्काहको अवसर पारेर डिसेम्बर १७ बिहान दश बजेदेखि डिसेम्बर १९ बिहान छ बजेसम्म

२. क्रिसमस इभ र क्रिसमसको अवसर पारेर डिसेम्बर २३ बिहान दश बजेदेखि डिसेम्बर २६ बिहान छ बजेसम्म

३. नयाँ वर्ष र क्वान्जाको अवसर पारेर डिसेम्बर ३० बिहान दश बजेदेखि जेनवरी २ बिहान छ बजेसम्म

यो तालिका बेलायती समय अनुसार तोकिएको छ। यसलाई प्रयोगकर्ताले आफ्नो ठाँउको समयसँग मिलाएर जुमको सेवा प्रयोग गर्न सक्छन्।

जुमले यस वर्षको थ्यांक्सगिभिङको अवसरमा पनि ४० मिनेटको समय सीमा हटाएको थियो। जुमको साधारण नियम अनुसार तीन जनाभन्दा धेरै भएको मिटिङमा ४० मिनेटभन्दा बढि बस्न पाइँदैन। त्योभन्दा लामो कुराकानीको लागि फेरी अर्को जुम मिटिङ बनाउनु पर्ने हुन्छ।

यदि कसैले ‘जुम एप’ नभइ ‘गुगल मिट एप’ प्रयोग गरिरहेका छन् भने उनीहरुले २४ घण्टासम्म भिडियो कुराकानी गर्न सक्छन्। गुगल मिटको यो सुविधा अर्को वर्षको मार्च ३१ सम्म हुने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्