भरतपुरमा रेनु दाहालको पहलमा सञ्चालित योजनाहरू

Renu Dahal pic
लोकपाटी न्यूज

काठमाडौं। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल विकास र सभ्यताको कसीमा महानगरपालिकालाई देशकै नमुना बनाउन लागिपरेकी छन्। आफ्नो कार्यकालमा विकाश र समृद्धिको दृष्टिकोणबाट महानगरपालिका समप्नन बनाउने प्रयत्न उनको छ। दाहालको पहिलो प्राथमिकता सडक पूर्वाधार निर्माण गर्ने रहेको छ।

ग्रामीण क्षेत्र र सहरी क्षेत्रको समुचित विकास गर्ने नीति उनले लिएकी छन्। जसअनुरूप महानगरपालिकाले दूरगामी महत्त्व बोकेका योजनाहरू अघि सारेको छ। आफ्नो कार्यकालभित्र महानगरवासीलाई आधारभूत पूर्वाधारको पहुँचमा पुर्‍याउने लक्ष्यसहित उनले योजना निर्माण गरेकी छन्।

उनका योजनाहरु सरकारले अघिसारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियानका निम्ति पनि उतिकै महत्त्वका छन्। आर्थिक समृद्धिका हिसाबले पनि महानगर प्रमुख दाहालले अघिसारेका योजनाहरुले दूरगामी महत्त्व राख्ने विकास प्रेमिहरुले बताउछन्। दाहालले महानगरको विकाशका लागि सञ्चालित योजनाहरु यस्ता छन्ः

१. गौतम बुद्ध क्रिकेट रङ्गशाला
२. अन्तर्राष्ट्रिय सभाहल
३. नारायणी नदी सी बिच मोडल
४. पुलचोक-गौन्दाड्ग ६ लेनको बाटो
५. रिंग रोड
६. एयरपोर्ट विस्तार
७. हरेक वडामा कालो पत्रे बाटो
८. साइकल लेनसहितको पिच बाटो
९. सडक स्मार्ट लाइट
१०. विद्युत लाइन अण्डरग्राऊण्ड (हाल सहरी क्षेत्र)
११. प्रत्येक वडाको भवन नयाँ संरचना
१२. गरिब विद्यार्थी छात्रालाई साइकल वितरण (मेयरसँग छात्रा)
१३. बागेश्वरी कोरोना आइसोलेसन कक्ष
१४. अम्रेला स्ट्रेट (पटीहानी)
१५. हुलाकी सडक
१६. लायन्सचोकमा बहुउद्देश्यीय व्यवसायी भवन
१७. देवघाट विद्युतीय सवदाह
१८. रानीपोखरी पार्क (१९ नम्बर वडा)
१९. लक्ष्मीनारायण मन्दिर तथा पार्क
२०. वडा स्तरीय पार्क
२१. भरतपुर-मेघौली सडक राष्ट्रिय सहायक मार्ग स्तर उन्नति
२२. महानगरको आर्थिक रूपान्तरणमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको विकाश !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्