आजदेखि विराटनगरका सबै विद्यालय सञ्चालन

लोकपाटी न्यूज

मोरङ। आजदेखि मोरङको विराटनगरका सबै विद्यालय सञ्चालन भएका छन्। कोरोना भाइरसको महामारीले चैतदेखि बन्द विद्यालय आजबाट स्वास्थ्य साबधानीका उपाय अपनाएर खुला गरिएको हो।

महानगरको शिक्षा समितिले मंसिर २१ गते बैठक बसेर विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो।

विद्यार्थी तथा शिक्षकले मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने छ। कतिपय विद्यालयले पोसाक अनिवार्य गरेका छैनन्।

पोसाकभन्दा पनि चिसोबाट बच्ने खालका कपडा लगाएर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको महानगरका मेयर भीम पराजुलीले बताए।

२०७७ कात्तिक २० गते मन्त्रिपरिषद्बाट पारित कोभिड-१९ सन्दर्भमा विद्यालय सम्बन्धी कार्य ढाँचा–२०७७ को निर्देशिकाअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। महानगरभित्र ७६ वटा सामुदायिक विद्यालयहरु रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्