काठमाडौं। पछिल्लो समय बालुवाटार ‘फेक न्युज’ उत्पादन गर्ने कारखाना बन्न पुगेको छ। पटक(पटक नेताहरुबीच हुदैँ नभएको सहमतिलाई यति बुदे सहमति भन्दै प्रचार गरिँदै आइएको छ।
बुधबारको ४ बुदे सहमति पनि त्यहि ‘फेक न्युज’ को सिलसिला भएको जानकारहरुले बताउँछन्। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले स्थायी कमिटिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभएको बताएका छन्।
अध्यक्ष प्रचण्डको तर्फबाट स्वकीय सचिव गंगा दाहालले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने सहमति बाहेक अरु कुनै सहमति नभएको स्पष्ट पारेकी छन्।
गंगा दाहालले लेखेकी छन्, ‘यी दुई बाहेक अरु कुनै सहमति भएको छैन।’ प्रधानमन्त्री ओली निकट स्रोतले भने दुबै प्रतिवेदन फिर्ता लिने सहमति भएको सञ्चार माध्यमहरुलाई जानकारी दिएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारबाट नेकपा बैठक भदौ २६ मै फर्किएको प्रचारबाजी गराइएको थियो। चारबुँदे सहमति भएको र प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावसमेत फिर्ता भएको प्रचार ओली पक्षले गराएको थियो।तर, बुधबार त्यस्तो कुनै लिखित सहमति नभएको र दुई अध्यक्षका प्रस्ताव र पत्रहरु फिर्ता नभएको नेताहरुले जानकारी दिएका छन्।



लोकपाटी न्यूज
