सुनको मूल्य आठ सयले बढ्यो

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ८ सयले उकालो लागेको छ। पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोवार भएको थियो। मंगलबारको तुलनामा प्रतितोला ८ सयले उकालो लागेको महासंघले जनाएको छ। यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ। मंगलबार भने ९१ हजार ८५० मा कारोवार भएको थियो।

यस्तै, चाँदीमा पनि प्रतितोला ३० ले वृद्धि भएको छ। मंगलबार एक हजार २ सयमा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्