यस्तो छ राष्ट्रपतिले जारी गरेको विवादित अध्यादेश (पूर्णपाठसहित)

Bidhya Devi Bhandari
लोकपाटी न्यूज

काठमाडौं। सरकारले आज ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भएपनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ।

अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख गरिएको छ। यो प्रावधानले ३ जना सदस्य भए पनि बैठक बस्न सक्नेछ। हाल ५ जना सदस्य मात्रै पदमा बहाल छन्।

अध्यादेशअनुसार, अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्ने र तीन जनाको सहमति भएमा जुनसुकै निर्णय गर्न सक्नेछ।

संवैधानिक परिषद काम कर्तव्य र कार्यविधिको उपदफा ३ र ५ संशोधन गरेर यस्तोे व्यवस्था गरिएको हो भने ६ र ७ हटाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्