काठमाडौं। संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछिसंवैधानिक परिषद्को बैठक स्थगित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे बोलाएको बैठकमा सभामुख सापकोटा उपस्थित नहुँदा ‘कोरम’ नपुगेर बैठक स्थगित भएको हो। बैठक आजै साँझ ५ बजे बस्नेगरी स्थगित भएको छ।
बैठकका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र विपक्षी दलका नेता शेरबहादुर देउवा बालुवाटार पुगेका थिए।
परिषद्को बैठकको कोरम पुग्न प्रधानमन्त्री बाहेक चार सदस्य उपस्थित हुनुपर्ने कानूनी व्यवस्था छ।


लोकपाटी न्यूज

