मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टद्वारा राजीनामा

manahari gaupalika
लोकपाटी न्यूज

हेटौंडा। मकवानपुर मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले राजीनामा दिएकी छन्। गाउँपालिका श्रोतका अनुसार विष्टले गाउँपालिका अध्यक्ष र कर्मचारीबाट अपमानित हुनु परेको भन्दै राजीनामा दिएकी हुन्।

सोमबार उपाध्यक्ष विष्टले गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई राजीनामा पत्र बुझाएकी हुन्। बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदै आएको थियो।

सोही कारणले विष्टले ले राजीनामा दिएकी हुन सक्ने गाउँपालिकाका एक जनप्रतिनिधिले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्