दाङमा गुडिरहेको बसमा आगो लाग्यो

aagjani gadi
फोटो : tulsipuronline.com
लोकपाटी न्यूज

दाङ। दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ। बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो।

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए। आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ। गाडीमा १५र१६ जना यात्रु भएको प्रहरीले बताएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्