पूर्वमन्त्री आलमका भाइ पनि कारागार चलान

Mahatab
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता अफताब आलमका भाइ महताब आलम कारागार चलान भएका छन्। रौतहट जिल्ला अदालतलले रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मोहमदलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि कारागार चलान भएका हुन्।

न्यायाधीश मणीराम न्यौपानेको इजलासले आलमलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गराउन आदेश दिएको हो। जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेको आरोप लागेका उनी हालै मात्र भारतबाट पक्राउ परेका थिए। आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी तीन वटा मुद्दा छन्।

सोही मुद्दामा उनका दाइ मोहम्मद अफताब आलम नक्खु कारागार थुनामा छन्। २०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको उनीहरुलाई आरोप छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्