पेट्रोलियम पदार्थको मूल्य बढ्यो, लिटरको कति ?

petrol-pamp
लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रुपैयाँले मूल्य बढाइएको हो।

मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत राखिएको समेत निगमले जनाएको छ। आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्