शनिबार राजधानीमा कहाँ-कहाँ काटिँदैछ बिजुली ?

EarthTalkBULB
लोकपाटी न्यूज

नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणकी सूचना अधिकारी लीलाकुमारी अर्यालले सूचना जारी गरेर बानेश्वर सबस्टेसनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको जानकारी दिएकी हुन्।

सो सबस्टेसनबाट विस्तारित धोबीखोला, बागमती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभुलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ। प्राधिकरणले बानेश्वर सबस्टेसनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ। प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा मागेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्