एजेन्सी। अफगानिस्तानमा एक पत्रकार महिलाको हत्या गरिएको छ। पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो।
जलालाबादमा गाडीमा चढेर काममा गरिहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
आततायी हत्याराको आक्रमणमा माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिर पनि मारिएका छन्। हालसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन। माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन्।



लोकपाटी न्यूज

