सांस्कृतिक सम्पदाकाे संरक्षणमा महानगर प्रतिवद्ध छ : रेनु दाहाल

gumba2
लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताएकी छन्। भरतपुर महानगरपालिका वडा नम्बर १५ गोपालगन्जमा रहेको ङाग्युर शेराब लिड्ग गुम्बा शिलान्यास कार्यक्रममा प्रमुख अतिथि दाहालले धार्मिक एवं सास्कृतिक जगेर्ना र विकासका लागि निरन्तर सहयोग गरिरहेको बताइन्।

‘लामो बलिदानीपूर्ण संघर्षपछि मुलुकले धर्मनिरिपेक्षता प्राप्त गरेको भन्दै सबै धर्म संस्कृति र समुदायको संरक्षण र सवद्र्धन गर्न राज्यको पूर्ण दायित्व हो’ प्रमुख दाहालले भनिन्, ‘सोही मर्मलाइ मनन गर्दै यस गुम्बामा पनि महानगरपालिकाकै सक्रियतामा पूनर्निर्माणको काम भएको हो।

उनले महानगरबाटै पुनर्निमाण विभागलाई सिफारिसका आधारमा बजेट ल्याउन सम्भव भएको बताइन्। प्रमुख दाहालले महानगरपालिकाको तर्फबाट पनि आउँदा दिनमा सहयोग हुँदै जाने बताइन्। भरतपुर महानगरपालिकाले सेवा प्रवाहको प्रमुख थलो वा कार्यालय नै भएको महसुस गर्दै नगरवासीका आधारभूत सेवा पाउने वडा कार्यालयहरू निर्माण र पूनर्निर्माणलाई अभियानको रूपमा अगाडि बढाइएको उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख दाहालले वडा नम्बर १५ को वडा कार्यालय पनि सानो र साँघुरो भएको आफूलाई महसुस भएको भन्दै जग्गाको व्यवस्था गरी आवश्यक प्रस्ताव लिएर आउन वडा अध्यक्षलाई निर्देसन समेत दिएकी थिइन्। भरतपुर महानगरपालिकाले महानगरिय गुरूयोजना बमोजिम समग्र बिकासमा जोड दिएको भन्दै उनले भरतपुर महानगरपालिकाले बितेको ३ वर्षमा महानगरभित्र उल्लेख्य विकास निर्माण र सुशासन कायम राख्न सक्षम भएको बताएकी छिन्।

भरतपुर महानगरपालिकाले रणनितिक र गौरभको आयोजनाको रूपमा लिएको रिङ रोड, लिड्करोड, पूल चोक गोन्द्राङ ६ लेन सडक, सहरका मुख्य सडकहरूमा स्मार्ट स्ट्टिट लाइट जडान, महानगरीय सिटीहल, हुलाकी सडकको स्तरोन्नति नारायणी नदी किनारलाई सि बिच मोडलको रूपमा विकास गर्ने काम धमाधम अगाडि बढिरहेको बताइन्। उनले तोकियकै समयमा आयोजनाहरु सम्पन्न गर्न आवश्यक निकायसँग आफूले समन्वय गरिरहेको बताइन्। विमानस्थल विस्तार र सहरी क्षेत्रमा विद्युतीय तारहरू भूमिगत प्रणालीमा विकास गर्ने काम पनि छिट्टै सुरू हुने प्रतिबद्धता व्यक्त गरिन्।

वडा नम्बर १५ का वडा अध्यक्ष शम्भुबहादुर भन्डारी निर्माणाधीन गुम्बाले तामाङ लामा समुदायको धर्म संस्कृति र यस समुदायको शिक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताए। नेकपा चितवनका सदस्य अन्जनकुमार तिमिल्सिनाले यस गुम्बा निर्माणले लामा तामाङ समुदायको धर्म संस्कृतिको संवद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस गुम्बा निर्माण सम्पन्न गर्न आफ्नो पार्टीको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

भरतपुर महानगरपालिका न्यायिक समितिका सदस्य तथा नेपाली कांग्रेस नगर सभापति भरत अधिकारीले , तामाड्ग समुदायको यो प्रसिद्ध गुम्बा निर्माण समयमै गुणस्तरिय ढंगले पुरा हुनुपर्ने बताए। गुम्बाकाअध्यक्ष सोमबहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुम्बाको भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको थियो। राष्ट्र्यि पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको ४२ लाख र स्थानीयको सहयोगबाट ६५ लाख रूपैयाको लागतमा गुम्बा निर्माण हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्