कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी बैंकबाट भुक्तानी गर्न सक्ने

NIC
लोकपाटी न्यूज

काठमाडौं। एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत् कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन्।

यस सुविधामार्फत् कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ।

कोषका ऋणीहरूले आफूलाई पायक पर्ने बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफूले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिएअनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ।