पूर्वसांसद लामाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत कमानसिंह लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम) बाट कम्युनिस्ट पार्टीको सदस्य भइ लामाले राजनीतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका थिए।

‘२०४८ सालको आम निर्वाचनपछि काभ्रे क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामासँग संसद्मा भएको सहकार्य यस क्षणमा मैले स्मरण गरिरहेको छु। मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने छ’, प्रधानमन्त्री ओलीले लामाले गरेको योगदानको स्मरण गरेका छन्।

निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रुपमा जनपक्षीय भूमिका खेलेका लामाले केही समय कोरियाका लागि नेपाली राजदूतको भूमिका समेत निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्