थप १ हजार ५६ कोरोना संक्रमित थपिए, डिस्चार्ज कति भए ?

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। आज थप एक हजार ५६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। ६ हजार दुई सय ८६ जनाको नमुना परीक्षण गर्दा एक हजार ५६ जनामा सङ्क्रमण देखिएको हो।

त्यस्तै गएको २४ घण्टामा एक हजार चार सय ८३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ३० हजार पाँच सय ३७ पुगेको छ। नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेको छ।

अब नेपालमा १२ हजार दुई सय ४५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्। यस्तै पाँच सय २५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। २४ घण्टामा थप १४ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ५१ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्