भ्रष्‍टाचारीलाई सामाजिक रूपमा नै निन्दा गरौं : प्रधानमन्त्री

Pm_Kp_Oli_office
लोकपाटी न्यूज

काठमाडाैं। प्रधानमन्त्री ओलीले भ्रष्टाचार आर्थिक अपराध मात्र नभई यसले सामाजिक मूल्य मान्यताहरू उपर सिधा प्रहार गर्ने र प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्ने बताएका छन्।

पछिल्ला दिनहरूमा भ्रष्टाचारजन्य सम्पत्ति विदेशमा पुर्‍याउने, त्यसलाई अपराधजन्य कार्यहरूमा लगानी गर्ने र अन्तर्राष्ट्रिय शान्ति र सुव्यवस्था उपर नै आक्रमण गर्ने जोखिमसमेत देखिएको पनि प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।

‘वर्तमान सरकार भ्रष्टाचारलाई कडाइका साथ प्रभावकारी रूपमा नियन्त्रण नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल हुनसक्दैन भन्ने कुरामा स्पष्ट छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘त्यसैले नेपाल सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील रहिआएको छ।’

भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न नागरिक समाज र सञ्चार जगतबाट गरिने खबरदारीलाई सरकारले सदैव स्वागत गर्ने प्रधानमन्त्रीले बताएका छन्।

‘तर सबै कुरामा भ्रष्टाचार नै देख्ने नकारात्मक किसिमका टिप्पणीहरूले सार्वजनिक पदाधिकारीहरू काम गर्नबाट हतोत्साही हुन्छन्। यस्ता कुरामा कसैले पनि राजनीतिक स्वार्थसिद्ध गर्ने उद्देश्य राख्नुहुँदैन’, उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्