काठमाडौं। मौसमविदले बुधबार देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने बताएका छन्।
दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भागहरु र प्रदेश २ मा आंशिक बदली रहेको छ।
आन दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली हुनेछ।
अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।



लोकपाटी न्यूज
