सर्वदलीय बैठक सकियो

sarbadaliye meeting
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सकिएको छ। देशमा राजावादीहरु र नेत्रविक्रम चन्द विप्लवसहितका नेकपाको सक्रियता बढेको भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी थिए। त्यसैगरी राजाको मागसहित आन्दोलनरत राप्रपा नेता दीपक बोहोरा पनि बैठकमा सहभागी थिए।

बैठकमा नेताहरुको वरियतालाई दृष्टिगत गरी नामसहित मेच र टेबुल मिलाइएको थियो।बैठकमा उपस्थित भएका प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा केहिबेर बैठकमा बसेर लिखित धारणा राख्दै बैठकबाट बाहिरीएका थिए।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  को अन्तिमसम्मै सहभागिता थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्