एजेन्सी। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई आफ्नो नयाँ रक्षा मन्त्री छनौट गर्ने भएका छन्।
अमेरिकामा पहिलो पटक अफ्रिकन–अमेरिकन मूलका व्यक्ति रक्षा मन्त्रीमा नियुक्त हुने भएका हुन्।
समाचार संस्था रोयटर्सलाई उधृत गर्दै अमेरिकी समाचार संस्थाहरुले जनाएअनुसार अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गरेका थिए।
बाइडनले नियुक्त गर्नुभएमा अस्टिन अमेरिकी इतिहासमा यो पदमा पुग्ने पहिलो अश्वेत अमेरिकी बन्नने छन्।
यस पदका लागि रक्षा विभागकी पूर्व उच्च कर्मचारी मिशेल फ्लोरनोयलाई पनि प्रवल दाबेदारका रुपमा लिइएको थियो।



लोकपाटी न्यूज

