मोरङमा शिक्षकको गोली हानी हत्या

Death pic
सांकेतिक चिन्ह
लोकपाटी न्यूज

विराटनगर। मोरङको मिक्लाजुङका एक शिक्षकको गोली प्रहारबाट हत्या भएको छ। क्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

उनको शव मंगलबार बिहान जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दूरीमा छ। मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ। घट्नाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्