काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ। सोमबारका लागि निर्धारित बैठक अन्तिम समयमा आएर रोकिएपछि आजका लागि सारिएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेबाट बसेको बैठक करिब १ घण्टामा सकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाकेको सर्वदलीय बैठकअघि मन्त्रिपरिषद बैठक बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीकी ठूलीआमाको निधन भएपछि सोमबारको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो।



लोकपाटी न्यूज

