सोमबार १ हजार १४ कोरोना संक्रमित थपिए

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा ३ सय ७० जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन्।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९० हजार ७३९ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा ६ हजार २२० पीसीआर परीक्षण भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्