काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलम पक्राउ परेका छन्। रौतहटको राजापुर बमकाण्डका आरोपित आलमलाई प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारीबाट पक्राउ गरेको हो।
२०६४ चैत २७ गते चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विस्फोट भएको थियो। त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ। गत वर्ष असोज २६ मा पक्राउ परेका अफताब आलम नक्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन्।
उनका भाइ महताब भने फरार रहँदै थिए। प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले महताफलाई पक्राउ गरिएको पुष्टि गरे। महताफलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न प्रहरी सफल भएको छ। पक्राउ परेका महताबले दाइ आफ्ताबको योजनामा सबै काम गरेको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज

