सुनको भाउ घट्यो, तोलाको कति ?

gold-coins-money-saving
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला एकसय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छ।

त्यस्तै, तेजावी सुनको भाउ ९२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार सुनसँगै चाँदीको भाउ पनि घटेको छ।

महासंघका अनुसार आइतबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार २ सय छ रूपैयाँमा कारोबार भइरहको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४० अमेरिकी डलर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्