एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

काठमाडौं। कोटेश्वरमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन्।
सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौं बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए।

‘बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन्,’ इन्सपेक्टर लामाले भने।

इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका थिएनन्। तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्