रमेश भुसाल/ पश्चिम नवलपरासी, २० मंसिर। कोरोना महामारीका बीच पश्चिम नवलपरासीको सुनवल १ मा रहेको सयपत्रि वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २० औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।
संस्थाले स्विकृत गरेको महामारी साधारण सभा सञ्चालन कार्यविधि २०७७ अनुसार २० औं बार्षिक साधारण सभा मंसिर ६ देखि भौतिक अभौतिक रुपमा शेयर सस्दयहरुलाई उपस्थिीत गराउदै शनिबार सम्पन्न गरेको हो।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु पौडेलले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए।
साथै उत्पादित वस्तुको बजारीकरणको जिम्मा जिल्ला सहकारी संघले लिने बताए। त्यसका लागि जिल्ला सहकारी संघले शित भण्डारण निर्माणको कामलाई तदारुकताका साथ अगाडि बढाएको उनको भनाइ थियो। यो वर्ष समेत गरी लगातार तेस्रो पटक नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा संचालित प्रोबेसन ब्रान्ड प्राप्त गरेको संस्थाको २० औं बार्षिक सधारण सभामा शेयर सदस्य प्रेम रिमाल, संस्थाका सल्लाहकार कृष्ण वन्धु अर्याल, निर्बतमान अध्यक्ष नरायण वहादुर थापा क्षेत्री लगायतले संस्थाको थप सफलताको शुभकामाना व्यक्त गरेका थिए।
संस्थका अध्यक्ष कृष्ण प्रसाद पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै २० वर्ष अगाडि ४१ जना सहकारीकर्मीहरुको सकृयतामा कुल पुँजी रु ४१ हजारबाट यात्रा सुरु गरेको सहकारीले विभिन्न अरु सहकारीहरुलाई समेत समाहित गर्दै हाल २४ सय ५० शेयर सदस्य र कुलपुँजी ३३ करोड भन्दा माथि पुगेकोमा गर्व महशुस भएको बताए।
साधारण सभामा संस्थाको कार्यप्रगति प्रतिवेदन संस्थाका सचिव नारायण पौडेलले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला थापाले प्रस्तुत गरेकी थिइन। त्यस्तै लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य रामहरी चापागाईले प्रस्तुत गरेका थिए।
संस्थाका उपाध्यक्ष रमेश कर्माचार्यको स्वागत मन्तव्य र सचिव नरायण पौडेको संचालनमा सम्पन्न गरिएको साधारण सभामा विभिन्न शैक्षिक तहमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोरो छोरी, जेष्ठ नागरिक, उत्कृष्ठ ऋणी, उत्कृष्ण बचतकर्ता, उत्कृष्ठ कर्मचारी लगायतलाई पुरस्कृत एवं सम्मान गरिएको संस्थाका व्यवस्थापक टिकाराम तिमिल्सीनाले बताए।



लोकपाटी न्यूज

