काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
यसैगरी गत २४ घण्टामा २ हजार २०६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख २४ हजार ५३ पुगेको छ। नेपालका हालसम्म दुई लाख ३९ हजार ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हाल मुलुकभर १४ हजार २५५ जना सक्रिय सङ्क्रमित छन्।



लोकपाटी न्यूज

