आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

IVD
लोकपाटी न्यूज

काठमाडौं। आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। नेपालमा वि.स. १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ।

त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो। त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ।

हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ। सदस्य राष्ट्रहरु लगायत संसारभर नै यसदिन विभिन्न कार्यक्रम गरेर स्वयंसेवक दिवस मनाउने चलन छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्