सौरभ र सुरजले गरे समलिंगी विवाह (भिडियो)

pic
लोकपाटी न्यूज

काठमाडौं। सौरभ तामाङ र सुरज क्षेत्रीले समलिंगी विवाह गरेका छन्। परिचय समाजको कार्यालय ललितपुर कुपण्डोलमा रहेको कार्यालय पुरोहितबाट सौरभ र सुरजले विवाह गरेका हुन्। सौरभकी आमा विनिता तामाङले सुरजलाई बुहारीको रुपमा स्वीकार गरेकी छन्।

दुई बर्ष अगाडि फेसबुकमार्फत् पहिलो कुराकानी भएर विवाह गर्ने निष्कर्षमा पुगेको सौरभ र सुरजले बताए। पुरुष- पुरुष (केटाकेटा) बीच वैवाहिक कार्यक्रम नै गरेर विनिताले छोराको सन्तुष्टीमा आफु खुशी रहेको बताइन्। विवाहित जोडीले आफू जस्ता समलिंगी पुरुषलाई लुकेर नबस्न आग्रह गरे।

समलिंगी विवाहको कानून बनेपछि विवाह दर्ता गर्ने तयारीमा रहेको विवाहति जोडीले बताए। सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको आदेश अनुसार बनेको समलिंगी विवाह अध्ययन समितिले ६ वर्ष अगाडी समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। तर, सरकारले यस्तो विवाहलाई कानूनी मान्यता दिने सम्बन्धी कानून बनाएको छैन।

सरकारलाई कानून बनाउन दवाव दिने उद्धेश्यले नै सौरभ र सुरजको बैवाहिक कार्यक्रम आयोजना गरिएको परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जन बैद्यले बताए। विवाहित जोडीलाई बधाई दिँदै परिचय समाजका अध्यक्ष प्रेम जिसीले समलिंगी विवाहको कानून बनाउन सरकारसँग माग गरे।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्