एजेन्सी। अहिले सामाजिक सञ्जालमा कुकुरले मोटरसाइकल कुदाएको भिडियो भाइरल बनेको छ। भाइरल एक भिडियोमा एउटा कुकुरले मज्जाले बाइक कुदाइरहेको देखिन्छ।
न्यूज एजेन्सी रोयटर्स शेयर गरेको बोगी नामक कुकुरको भिडियोमा कुकुरले कुदाएको बाइकमा कुकुर मात्र होइन उसको मालिक सहित अरु दुई जना समेत सवार छन्। समाचार अनुसार यो बाइक चालक कुकुर फिलीपीन्सको हो। जसले मानिस सरह मज्जाले बाइक चलाउने गर्दछ।
बाइक चलाउँदा कुकुरले हेलमेट र कपडा लगाएको छ। बोगीलाई उनका मालिक गिल्बर्ट डेलोस रीयेसले विशेष किसिमको हेलमेट तयार पारीदिएका छन्। जहाँ त्यस कुकुरको कान अड्किदैन। यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।
https://twitter.com/i/status/1188078803660226561



लोकपाटी न्यूज

