राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।

आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन्। उनी केहीबेरअघि राष्ट्रपति निवास पुगेका हुन्।

प्रधानमन्त्री शीतलनिवास पुगेको पुष्टि उनका संचार विज्ञ रामशरण बजगाइँले गरे। उनले राष्ट्रपति र प्रधानमन्त्रीको भेट नियमित भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्। मन्त्रिपरिषद् बैठकअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठक नियमित हो। सामान्यत: सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्