देशलाई कृषि सैनिकको आवश्यकता छः मन्त्री भुसाल

Ghanashyam_Bhusal
लोकपाटी न्यूज

भरतपुर। कृषिमन्त्रि घनश्याम भुसालले कृषि क्रान्तिका लागि कृषि सैनिकको आवश्यक रहेको बताएका छन्। मन्त्री भुसालले कृषि सैनिक उत्पादनका लागि आफूले नीतिगत रूपमा सुधार गर्ने पनि बताए।

वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक रूपमा घाँस खेती र बाख्रा पालन सुरु गरेका किसानसँगको उनले भने, ‘कृषि सैनिक नेपालमा आवश्यक छ। यो नयाँ सोच हो। पूर्ण व्याख्या सहितको अवधारणा आए नीतिगत रूपमा नै सम्बोधन गर्न म तयार छु।’

राष्ट्रिय कृषि सैनिक अभियान मार्फत गैँडाकोट नगरपालिका वडा नम्बर १२ का ३८ वर्षीय विष्णु भट्टले मन्त्रालयमा नै पुगी कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाललाई बुधवार यस विषयमा ध्यानाकर्षण पत्र समेत बुझाए।

बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरूको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र तिनै सैनिकको परिचालनबाट देशमा कृषि क्रान्ति गर्ने उनको सोच छ। उनले सरकारको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पुरा गर्न पनि यो अभियान आवश्यक रहेको बताउँदै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्