सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

gold pic
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६ सयले उकालो लागेको छ। बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६ सयमा कारोवार भएको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६ सयले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ। प्रतितोला एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २०५ मा खरीदबिक्री भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्