काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न कम्युनिष्ट नेता मोहनविक्रम सिंह बिहीबार खुमलटार निवासमा पुगका छन्।
नेकपा मसालका महामन्त्री समेत रहेका सिंहले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे लामो कुराकानी गरेका छन्।
प्रचण्डको सचिवालय गङ्गा दाहालले सिंह सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न पुगेको सामाजिक सञ्जालफेसबुकमा उल्लेख गरेकी छिन्। दुवैबीच देशको राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिएकी छन्।
कुनैबेला प्रचण्डका राजनीतिक गुरु सिंहले आफ्ना चेलालाई विभिन्न सुझाव समेत दिएको बुझिएको छ।



लोकपाटी न्यूज

