काठमाडौं। राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ। राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ।
पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
भोलिसम्म रिपोर्ट आउने बताइएको छ। नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ।



लोकपाटी न्यूज

